तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा बृहत् योग विज्ञान शिविर सुरु

बाँके । बाँकेको नेपालगन्ज रामलिला मैदानमा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर आजबाट सुरु भएको छ ।

पतंजली योग समितिका अध्यक्ष हरपाल सिंहका अनुसार शिविर यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।

शिविर हरेक दिन बिहान ५ बजे देखी ७ बजेसम्म सञ्चालन हुने सिंहले बताउनु भयो । शिविरमा आयुर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा राखिएको सिंहले जानकारी दिनु भयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँके र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयुर्वेद डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

समितिका महासचिव वीर बहादुर हमालले शिविरलाई पतञ्जलि योग पीठ हरिद्वार र पतञ्जलि योग पीठ नेपालका प्रखर योग गुरु तथा प्रशिक्षकले सञ्चालन तथा सहजीकरण गरिरहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button