तपाईँ सुन्दै हुनुहुन्छः

बगर खेती वाट दाङका किसानले राम्रो आम्दानी गर्दै

दाङ । राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा र तरकारी खेती वाट राम्रो आम्दानी गरेका छन् 

राप्ती नदिले  खेती योग्य जमिनलाई  बगरको रुपमा परिणत गरे पनि बगर अहिले किसानले बगर लाइ वरदानका रुपमा खरबुजा र तरकारी  फलाउन थालेपछि किसानले राम्रो आम्दानी गर्दै आएका छन् ।

वर्षाको समयमा राप्ती नदीले प्रभाव पार्ने त्यस क्षेत्रमा किसानले खरबुजा र तरकारी  खेतीमा परिणत गरेका हुन्न 

वर्षेनी बाढीले सयौँ बिगाहा जमिन बगर बनाउने गरेको छ । बगर हुनबाट जोगिएको जमिनमा किसानहरुले एक सिजन भएपनि खरबुजा खेती गरेका छन् । 

राप्ती नदीले खेतलाई बगर बनाएको जमिनमा खरबुजा फलाएर राप्ती नदीकै पुलको किनारमा लस्करै बेच्ने गर्छन् । धेरैजसो खरबुजा त दाङकै शहर र जिल्ला बाहिर पनि बेच्ने गरेको किसान बताउँछन् । 

‘खेतलाई राप्ती नदीले बगर बनाइ दियो’ देउखुरीकी फुल माया चौधरीले भन्नु हुन्छ , ‘एक सिजन भएपनि खरबुजा र तरकारी  लगाउँछौँ ।’

माघ महिनामा खरबुजाको बेर्ना लगाए पनि चैत महिनाबाट खानयोग्य हुन्छ । खरबुजाको पहिलो सिजनमा प्रतिकिलो एक सय रुपैयाँमा समेत बेच्ने गरेको चौधरीले बताउनु भयो।

 ‘हिजोआज प्रतिकिलो पचास रुपैयाँमा बेच्ने गरेका छौँ’ चौधरीले भन्नु भयो ‘खरबुजा र तरकारी किन्न आउनेको सधैँ भिड लाग्ने गर्छ ।’ 

राप्ती नदीको पुलमा बिहानैदेखि लस्करै खरबुजा र तरकारी  व्यापार हुन्छ । बगर भनेर पहिले बाँझो हुन्थ्यो । देउखुरीकी माया चौधरीले भन्नु  हुन्छ, ‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको छु  । 

करिब १० कट्ठा बगरमा खरबुजा खेती गरेको उहाँको भनाइ छ । बाह्र  किलोसम्म खरबुजा फलाउने गरेको चौधरिले बत्ताउनु भयो । 

अत्यधिक गर्मी सिजन बढेसँगै खरबुजाको माग पनि बढ्दै गएको छ । दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको खरबुजा अहिले बजारमा छ्यापछ्याप्ती छ ।  जसबाट उत्पादन र आम्दानी बढेको छ । गर्मी सिजनमा खरबुजा सबैको रोजाइमा परेको छ । 

बगरमा खरबुजा लगाएपछि राम्रो आम्दानी भएको देउखुरी बनगाँउका महेश चौधरीले बताउनु हुन्छ ।  ।  ‘नदीले खेतलाई बगर बनाएको छ, के लगाउन सकिन्छ भन्ने चिन्ता हुन्थ्यो’ उहाँले भन्नू भयो ‘पाँच वर्ष पहिले खरबुजाको बिउ ल्याएर परीक्षणको रुपमा लगाए, राम्रो उत्पादन भयो । माग पनि बढ्दै गयो ।’

लमही नगरपालिकाका बनगाँउ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् । पछिल्लो समय बगरमा खरबुजासँगै बेमौसमी तरकारी खेती पनि गर्न थालेका छन् । राप्ती नदीले कटान गरेको क्षेत्रमा गरिएको तटबन्धले गर्दा पनि किसानहरूलाई सहज भएको छ ।  बगर हुनबाट जोगिएको जमिनमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गर्न थालेको छन् । बगरमा करेला, लौका, बोडी, भिण्डी लगायतका बेमौसमी तरकारी खेती गरेका छन् ।  गर्मी मौसम शुरु भइसकेसँगै खरबुजाको माग बढ्दै गएको छ । खरबुजा स्वादिष्ट र पानीले भरपुर भएकाले यसको सेवनले शरीरलाई गर्मीबाट जोगाउँछ

प्रतिक्रिया राख्नुहोस्

Back to top button