तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार बैंकहरू पूर्ण रुपमा खुला राख्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताउनुभयो ।

सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button