तपाईँ सुन्दै हुनुहुन्छः

चर्चामा ‘कस्तो होला तिम्रो दिलको आगनीमा टेक्दा’

काठमाडौं । शक्ति प्रज्वल घिमिरेको निर्देशनमा बनेको तिम्रो दिल बोलको गित सार्वजनीक भएको छ । चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गितको शब्द भने गणेश उप्रेतीले कोरेका हुन् ।

रेडियो नेपालका कार्यक्रम प्रमुखको रुपमा कार्यरत बरिष्ठ संगितकार टिका भण्डारीको संगित रहेको गितको भिडियोको दृश्य निर्माण ह्वाईट मिडियाले गरेको हो ।

एरिना ईन्टरटेन्मेन्ट मार्फत बजारमा ल्यायीएको भिडियोको छायांकन नमराज घिमिरेले गर्नुभएको हो ।
प्रबिन थापाको कोरियोग्राफी रहेको भिडियोमा फिजा योञ्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको छ । भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गर्नुभएको हो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button