साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट
काठमाडौं । साताको अन्तिम दिन विहिबार पनि सेयर बजार थप गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर कारोबार मापक सुचक नेप्से १ दशमलव १४ अंकले घटेर १ हजार २ सय ५७ दशमलव १५ को बिन्दुमा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ७१ दशलमव १६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
विहिबार १ सय ७२ कम्पनीको १८ लाख ५४ हजार ६ सय ७६ कित्ता शेयर ६२ करोड ७९ लाख ८ हजार रुपैयाँमा खरिदबिक्री भएको छन् ।
प्रतिक्रिया राख्नुहोस्