तपाईँ सुन्दै हुनुहुन्छः

देशभर मौसम बदली,देशका धेरै स्थानमा हल्का वर्षा हुने

काठमाडौं। दुई दिनदेखि पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशा अधिकांस स्थानको मौसम बदली भइरहेको छ । सुदूरपश्चिम क्षेत्रमा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात समेत परिरहेको मौसमविद्को भनाई छ । महाशाखाका अनुसार आज दिउँसो र साँझ देशका पश्चिमी क्षेत्रमा न्युन चापिय प्रणालीको असर बढी देखिन्छ । मध्य क्षेत्रमा पनि आज यस प्रणालीको सामान्य असर देखिन्छ ।

काठमाडौं उपत्यकासहित अधिकांश मध्य क्षेत्रको मौसम आज आंशिक देखि सामान्य बदली हुनेछ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ, यो बिगत ४ दिनको तुलनामा निकै बढी हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button