तपाईँ सुन्दै हुनुहुन्छः

५ हजार मिटर उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र खस्किँदो अवस्थामा

तस्बिर : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र

काठमाडौँ । खुम्बुस्थित ५ हजार मिटर उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र खस्किँदो अवस्थामा छ । 

प्रयोगशालालाई सरकारले पूर्ण स्वामित्वमा सञ्चालन गर्न नसक्दा जलवायु, वातावरण, भू-विज्ञान लगायत क्षेत्रको अध्ययन, अनुसन्धानका ल्याब स्टेशन प्रभावित बनेका छन् । 

सोलुखुम्बु जिल्लाको खुम्बुस्थित ५ हजार मिटर उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र एक मात्र उच्च स्थानमा रहेको अनुसन्धान केन्द्र हो ।

हालसम्म विभिन्न मुलुकका १ सय ४३ वैज्ञानिक संस्था, २ सय २० अनुसन्धानकर्ताद्वारा ५ सय २० वैज्ञानिक अध्ययन, अनुसन्धानका कार्य यस केन्द्रबाट पुरा भइसकेका छन् । 

५ हजार ७० मिटरको उचाइमा रहेको नेपाल क्लाइमेट अभ्जभरी स्टेशनमा ओजन, कार्वनडाईअक्साइड, मर्करी (सौर्य प्रणाली),(ग्लोबल पोजस्नीङ सीस्टम) जिपिएस लगायत स्टेशन राखिएका छन् । जहाँ प्रदूषणको मात्रा मापन हुन्छ । तर हाल यस स्टेशनमा प्रयोग गरिने प्राविधिक सामग्री केही बर्ष यता प्रयोगविहीन छन् ।

हाई अल्टीच्यूटमा रही वैज्ञानिक क्षेत्रको अध्ययन अनुसन्धानले विश्व समुदायलाई फाइदा पुर्‍याउने उद्देश्यले इटाली सरकारको आर्थिक र प्राविधिक सहयोगमा जलवायु, वातावरण, भू-विज्ञान, मौसम, प्रदूषण क्षेत्रको अध्ययन, अनुसन्धानका लागि सञ्चालन गरिएको प्रयोगशाला अहिले नाजुक अवस्थामा छ । 

५ हजार ७० मिटरको उचाइमा रहेको नेपाल क्लाइमेट अभ्जभरी स्टेशनमा ओजन, कार्वनडाईअक्साइड, मर्करी (सौर्य प्रणाली),(ग्लोबल पोजस्नीङ सीस्टम) जिपिएस लगायत स्टेशन राखिएका छन् । जहाँ प्रदूषणको मात्रा मापन हुन्छ । तर हाल यस स्टेशनमा प्रयोग गरिने प्राविधिक सामग्री केही बर्ष यता प्रयोगविहीन छन् ।

“सरकारले आफ्नो स्वामित्वमा सञ्चालन गर्नलाई आर्थिक लगानी र त्यही अनुरूपका वैज्ञानिक राख्न सकियो भने काम गर्न सकिन्छ  त्यसको लागि पहल पनि गरिरहेका छौं, तर योभन्दा महत्वपूर्ण कुरा हाई अल्टीच्यूडमा अनुसन्धान गर्न विश्वका वैज्ञानिकहरूका लागि एक छुट्टै अवसर हुनसक्ने भएकाले हामीले इटली सरकार मात्र नभई अन्य धेरै मुलुकसँगको सहकार्यका लागि पनि छलफल गरिरहेका छौँ” । 

विभिन्न कारण देखाउँदै इटाली सरकारबाट प्राप्त हुने आर्थिक र प्राविधिक सहायता बन्द भएपछि स्टेशनका प्रविधिहरू थन्काएर राख्नुपर्ने अवस्था आएको अनुसन्धान केन्द्रका प्रबन्धक काजी बिष्ट बताउनुहुन्छ । आर्थिक सहायता प्राप्त हुन छोडेपछि स्टेशनमा कार्यरत कर्मचारी, प्राविधिकहरूले पनि काम छाडिसकेको प्रबन्धक विष्टले बताउनुभयो । 

तस्बिर : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र

रियलटाईममा तथ्याङ्क लिन जडान गरिएका उपकरण र उपकरणको प्रयोग पनि अन्तर्राष्ट्रिय सहायतामा सञ्चालन गरिएकाले नेपालले आफ्नो स्वामित्वमा लिई अध्ययन अनुसन्धान गर्न भने सरकारले आर्थिक लगानीसहित तथा दक्ष प्राविधिक, र वैज्ञानिकहरूलाई काममा लिन सक्नुपर्ने विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रवक्ता एवम् वरिष्ठ प्राविधिक रवीन्द्र प्रसाद ढकालले बताउनुभयो  ।

प्रवक्ता ढकाल भन्नुहुन्छ “सरकारले आफ्नो स्वामित्वमा सञ्चालन गर्नलाई आर्थिक लगानी र त्यही अनुरूपका वैज्ञानिक राख्न सकियो भने काम गर्न सकिन्छ  त्यसको लागि पहल पनि गरिरहेका छाँै, तर योभन्दा महत्वपूर्ण कुरा हाई अल्टीच्यूडमा अनुसन्धान गर्न विश्वका वैज्ञानिकहरूका लागि एक छुट्टै अवसर हुनसक्ने भएकाले हामीले इटली सरकार मात्र नभई अन्य धेरै मुलुकसँगको सहकार्यका लागि पनि छलफल गरिरहेका छौँ” । 

इटालियन सरकार अन्तर्गत इबिकेटु सीएनआर र नेपाल सरकार अन्तर्गत नास्टको सहकार्यमा सञ्चालित अनुसन्धान केन्द्र उच्च पर्यावरणमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रको उचित व्यवस्थापन र सञ्चालनमा गर्नसके अध्ययन अनुसन्धानको क्षेत्र र विश्व समुदायका वैज्ञानिकहरूका लागि यस केन्द्र एक महत्वपूर्ण अवसरका रुपमा परिणत हुनसक्ने अनुसन्धानकर्ता बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button