तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनले राजनीतिक दिशा देखाएको छ : महासचिव पोखरेल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले अब पार्टीले २०८४ को ध्यान दिने बताउनुभयो ।

नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटनमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी, केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु लगाएको उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्द सत्र आज (मङ्गलवार) साँझ ८ बजेदेखि सुरु हुने छ । तीन सय ६४ जना प्रतिनिधि सहभागी हुने बन्द सत्रमा राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

अधिवेशनले पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button