तपाईँ सुन्दै हुनुहुन्छः

साग सफल बनाउन योगदान दिने सबैमा नेपालबाट धन्यवाद

काठमाडौँ । नेपाल सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता९साग० मा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अधिकृतलगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सरकारले साग सम्पन्न गर्न योगदान दिने मूल आयोजक समिति, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् तथा सम्पूर्ण नेपाली जनताका साथै काठमाडौँ, पोखरा र जनकपुरवासीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

मंगलवार साँझ साग समापन समारोह सम्पन्न भएको घोषणा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले छिमेकीहरुबीचको मित्रता अझ वृद्धि भएको तथा क्षेत्रीय एकतामा योगदान दिएको बताउनुभयो । “आगामी दिनमा खेलकूद नेपाललाई चिनाउने आधार पनि बनेको छ”, रक्षामन्त्रीले भन्नुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले खेलाडीहरुको खेल जीवन अझ उज्यालो होस् भन्दै उनीहरुको सफलताको कामना गर्नुभयो । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले राष्ट्रको शिर उँचो बनाएकामा अभिनन्दन गर्दै नेपाल र नेपालीले चाहे भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लक्ष्य र योजना सफल बनाउन सक्ने उदाहरण साग भएको विचार राख्नुभयो । उहाँले प्रधानमन्त्रीले खेलाडीहरुसँग खुशी साटासाट गर्ने र केही प्याकेज घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनुशासितरुपमा उत्कृष्ट खेल प्रदर्शन गरी खेलाडीले एकता र मित्रता प्रदर्शन गरेको बताउँदै खेल सम्पन्न गर्ने काठमाडौँ, पोखरा र जनकपुर नगर तथा नगरवासीलाई धन्यवाद दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button