तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवामा गृहमन्त्री खाणको सम्पर्क कार्यालय स्थापना

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

सिद्धार्थनगर ६ गल्लामन्डिमा सम्पर्क कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री खाणले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र संविधान विपरीत काम गरेको टिप्पणी गर्नुभयो ।

नागरिकता विहीनहरू नागरिकताका हकदार भएकाले उनीहरुलाई वञ्चित गर्न नमिल्ने मन्त्री खाणको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button