तपाईँ सुन्दै हुनुहुन्छः

मुआब्जाको विषयलाई लिएर राजमार्गमा प्रदर्शन र धर्ना

बीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर –२५ श्रीर्सियास्थित ड्राईपोर्ट भन्सार र आइसिपी बीचको रोक्का गरिएको ६२ विघा जग्गाको मुआब्जाको विषयलाई लिएर स्थानीयहरुले आज दिउँसो टायर बालेर प्रदर्शन गर्नुका साथै राजमार्गमा धर्ना दिएका छन् ।

पद्यमरोडस्थित ड्रईपोर्टको मुलगेटमा दिउँसो ११ बजेदेखि २ बजे सम्म धर्ना दिएको मुआब्जा संघर्ष समितिका अध्यक्ष विजय तिवारीले जानकारी दिनुभयो । ड्राईपोटर्का प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलाई मुआब्जाको समस्या समाधान गर्न आफूहरुले अपिल गरेकोमा समाधानका लागि कुनै पहल नहुँदा धर्नामा बस्नु परेको तिवारीले बताउनुभयो ।

तीन वर्षदेखि रोक्का राखिएको ६२ विघा जग्गाको समस्या समाधान नहुदाँ स्थानीयहरुले घर जग्गा खरिद बिक्री गर्न सकेका छैनन भने बैकिग कारोबार समेत गर्न नसकेकोले यथासिघ्र मुआब्जा दिन वा जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् ।

धर्नाको कारण ड्राईपोर्ट भन्सार र आईसिपी भन्सार भएर आवतजावत गर्ने सवारी साधन तथा पर्साको ग्रामिण भेगको सबै सवारी साधन रोकिएका थिए । सरकारले बनाएको उपसमितिले न्यून मुआब्जा दिने गृह कार्य गरे तापनि गाउँलेले सो दरमा मुआब्जा लिन मानेका छैनन् ।

गाउलेले घडेरीको धुरको २१ लाख र खेतको जग्गाको १५ लाख माग गरेका छन् । दुई वटा भन्सार कार्यालय निर्माणले गर्दा गाउँलेको उठिबास भएकोले अब नयाँ ठाउमा सबै भैतिक पूर्वाधार भएको ठाउँमा जग्गा खरिद गरी घर निर्माण गर्दा सोही अनुरुपको खर्च लाग्ने भएकोले उनीहरुले महगो मुआब्जा माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button