तपाईँ सुन्दै हुनुहुन्छः

२ सय १६ किलो लागुऔषध गाँजा सहित दुई जना पक्राउ

बारा । बारा प्रहरीले २ सय १६ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नं.१० स्थित सडक खण्डबाट गाँजासहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो । प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनाको नाम प्रहरीले अहिले खुलाएको छैन ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button