राजस्व परामर्श समितिद्वारा प्रतिवेशन पेश
काठमाडौं । राजस्व परामर्श समितिले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
राजस्व सचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले शुक्रबार अर्थमन्त्री खतिवडा समक्ष आफ्नोख प्रतिवेदन पेश गरेको हो । सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।
अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार भएको जनाइएको छ ।
समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार गरेको सहसचिव उत्तरकुमार खत्रीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तारमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले समितिले पेश गरेको प्रतिवेदनका सुझावलाई औचित्य पुष्टी हुने गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने अर्थमन्त्रीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्