तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति र श्रीलङ्काका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र श्रीलङ्काका महामहिम राजदूत Her Excellency Ms. Himalee Arunatilaka बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button