तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा एक पुरुषको शव भेटियो

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । घटना स्थलमा गोलीको खोका भेटिएको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button