तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा एउटै मञ्चमा ११ जनालाई पुरस्कृत गरिने

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले एउटै मञ्चमा ११ जनालाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराउनुभयो।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गर्न लागिएको कार्यक्रममा विभिन्न विधाका ११ जनालाई पुरस्कृत गरिनेछ। चार जनालाई २५ हजार रुपैयाँका दरले र अन्य सात जनालाई फरक फरक पुरस्कार राशिका साथ सम्मानित गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो। आगामी वैशाख २२ गते हेटौँडामा साहित्यिक कार्यक्रम मार्फत् उहाँहरूलाई पुरस्कृत गरिनेछ।

प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको छ। यस वर्ष भीम विराग राष्ट्रिय साहित्य, सङ्गीत, कला र पत्रकारिता पुरस्कारका लागि प्रत्येकलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यसैगरी, तुलसीमाया–शिवकुमारी सुजनशील नारी पुरस्कार, भीम मथुरा बाल प्रतिभा पुरस्कार, शिला नारी पुरस्कार, रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी तामा स्मृति साहित्य पुरस्कार, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार र अजित सेनगुप्ता भित्र क्षमता पुरस्कारका लागि पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button