तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक व्यवसाय विधेयक पारित

काठमाडौँ –  प्रतिनिधिसभाको आजको बैठकले औद्योगिक व्यवसाय विधेयक, २०७६ सर्वसम्मतीले पारित गरेको छ ।

वैठकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औद्योगिक व्यवसाय विधेयक, २०७६ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि वैठकमा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट अनुसान्धान र नियन्त्रण पहिलो सशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ सभामा पेश गर्नुभएको थियो ।

त्यसैगरी, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सभामा टेबुल गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २२ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button