तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमित अस्थायी टहरामा बर्दघाटको डोजर अभियान

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले सडक छेउमा रहेका अतिक्रमित अस्थायी टहरा हटाएको छ।वर्षौँदेखि सार्वजनिक र बनको जगा अतिक्रमण गरी निर्माण गरिएका संरचना नगर प्रहरी,नेपाल प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलिले उक्त संरचनामा डोजर चलाएको छ।

पूर्व पश्चिम् राजमार्गस्थित बर्दघाट ४ को बजार क्षेत्रमा डिभिजन बन कार्यालयको जगामा बनाइएका ९ वटा व्यावसायिक टहरा हटाइएको छ ।यसै गरी बर्दघाटको त्रिवेणी चोक दक्षिण तर्फ बसपार्क क्षेत्रका होटल तथा खाजाघर सञ्चालन रहेका अस्थायी घर टहरा हटाइएको नगरपालिकाले जनाएको छ ।बसपार्क अघि रहेका १५ वटा अस्थायी टहरा भत्काइने नगरले जनाएको छ ।

यस अघि बर्दघाट नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउन ७ दिन समयवधीको सूचना जारी गरेको थियो ।तर अग्रिम सूचना जारी गर्दा समेत संरचना नहटाएको भन्दै नगरपालिकाले अन्ततः डोजर चलाएको हो ।

बसपार्क वरिपरिका संरचना हटाएर सवारिसाधनहरुलाई पार्किङ व्यवस्थित गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरपालिकाले सार्वजनिक जगा र सम्पत्तिको संरक्षणका लागि समेत डोजर अभियानलाई निरन्तरता दिने श्रेष्ठले बताउनुभयो।

सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउने कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगरपालिकाले जनाएको छ ।यता केही साना व्यवसायीहरूले भने विकल्प नदिईकनै भत्काउँदा जिकिकोपार्जनमा कठिनाइ हुने बताउँदै उपयुक्त विकल्प दिन समेत नगरपालिका सँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button