तपाईँ सुन्दै हुनुहुन्छः

परशुराम साहित्य महोत्सव सम्पन्न 

काठमाण्डौं । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । 

परशुराम नगरपालिकाको आयोजना र रङ्गुन साहित्य प्रतिष्ठानको सहकार्यमा यही जेठ १० र ११ गते सञ्चालित महोत्सवमा  शिक्षा,स्वास्थ्य,उद्यम,स्वरोजगार,साहित्य,स्थानीय सरकार लगायतका विषयमा छलफल भएको थियो । 

समापन समारोहमा नगरप्रमुख  भरतबडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय सर्जकहरूसँग साक्षात्कार गराउने  र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नु महोत्सवको उद्देश्य रहेको बताउनुभयो ।

महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा.हरि लम्साल, मदन पुरस्कार विजेता डा.नवराज लम्साल,रामलाल जोशी र विवेक ओझा लगायतको सहभागिता रहेको थियो  ।

 महोत्सवमा धनगढी उप महानगरपालिकाका प्रमुख गोपाल हमाल, विनायक नगरपालिका अछामकी नगरप्रमुख अम्बिका चलाउने,कवि बिप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती, कवि सोझो गाउँले,उद्यमीहरू श्रीकृष्ण अधिकारी, सुनयना पाण्डे,कल्पना बेयजु, पूर्णा गिरी मन्दिर व्यवस्थापन अध्यक्ष किशन तिवारी,परशुराम धामका जानकार तिर्थ अवस्थीले  आफ्नो धारणा राख्नुभएको थियो ।

सत्रहरूको सहजीकरण सञ्चार कर्मी टिकाराम यात्री, राजेन्द्र बानियाँ, दिर्घराज उपाध्याय र टेकराज अवस्थीले गर्नु भएको थियो ।

महोत्सवमा स्थानीय विद्यालयका बिद्यार्थीहरुले साहित्य र संस्कृति लगायतका विभिन्न कला कृति प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

। यो वर्षदेखि सुरु भएको महोत्सव आगामी वर्षहरूमा पनि  निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button