तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिमा जनताको साथ लिनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास समृद्धिमा जनताको साथ लिनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी चौधौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयता शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले समृद्धिका लागि युवाहरूलाई प्रभावकारी ढङ्गले परिचालन गर्न आग्रह गर्नुभयो ।

निर्वाचित पदाधिकारीहरूलाई निर्देशन दिँदै महासचिव पोखरेलले आधारभूत वर्गसामु पुगेर समस्याहरूको निरुपण गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीको मिसन २०८४ मा बलियो शक्तिका रूपमा स्थापित गर्ने कार्यभार कमिटीमा रहेको बताउनुभयो ।

महासचिव पोखरेलले सर्व सहमति नेतृत्व चयन हुन सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सचिव पदमा अर्यालले पार्टीको मिसनलाई जनतामाझ पुर्‍याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष मण्डलका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षता एवम् महासचिव शङ्कर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button