तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो

म्याग्दी(बेनी)। म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटारो छ । 

जिल्लाको कुइनेमङ्गले, कुइने खानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्ले खर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँ बस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् । 

रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलहरूमा ढकायो टिप्ने चटारो बढेको बताउनुभयो । एकप्रकारको जङ्गली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उहाँले बताउनुभयो ।

त्यसलाई गुन्द्रुक बनाएर बेमौसममा समेत उपभोग गर्ने गरिन्छ । सो गुन्द्रुक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार  वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वन लसुन, वन निया, टुसा, च्याउसमेत सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button