तपाईँ सुन्दै हुनुहुन्छः

आगलागिबाट एक वृद्धको ज्यान गयो 

दाङ । दाङको तरुलियामा आँगलागि हुँदा एक वृद्वको ज्यान गएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको  छ। बिहीबार बेलुका ५ बजे स्थानीय जितबहादुर बोटको घरबाट फैलिइएको आगलागीमा परी अन्दाजी ८७ वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएको छ ।

केटाकेटीले सलाई खेल्ने क्रममा घरमा एक्कासी खरको छानोले छाएको जितबहादुर बोटेको घरमा आगलागी भएको थियो । सोही क्रममा घरमा रहेको सामान बचाउने क्रममा वीरबहादुर बोटे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । 

आगलागीबाट करिब एक लाख भन्दा बढीको इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button