तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भोली वैशाख २१ गते विश्वासको मत लिनु हुने भएको छ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि भोली वैशाख २१ गते बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने बारेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको र सोही अनुरुप आवश्यक तयारी गरिएको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले बताउनु भयो ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । मुख्यमन्त्री सोडारीले ३० दिन भित्र विश्वासको मत लिइसक्नू पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र (सभामुख सहित) ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button