तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयनलगायत कार्यसूची पनि छ ।

यस्तै, कानूनमन्त्री र सञ्चारमन्त्रीले विधेयक पेश गर्ने कार्यसूची पनि छ ।बिहीबारको बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button