तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा चालकको मृत्यु, ८ जना घाइते 

कपिलवस्तु  । कपिलवस्तुमा बस र पिकअप भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा मङ्गलवार बिहान करिब ६ बजे दुर्घटना भएको कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताउनुभयो । काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएका उहाँले बताउनु भयो ।

निरीक्षक शाहीका अनुसार दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएको जनाइएको छ । बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो । घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको निरीक्षक शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button