तपाईँ सुन्दै हुनुहुन्छः

धान उत्पादन बढ्ने भएपछि किसान उत्साहित

नेपालगञ्ज । बाँकेमा धान उत्पादन बढ्ने भएपछि किसान उत्साहित भएका छन् । धान रोप्ने समयमा अनुकूल पानीदेखि सिँचाइ गर्ने बेला समेत बर्सात भएकाले धान उत्पादन राम्रो हुँदा किसान उत्साहित भएका हुन् ।

कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा ३४ हजार ५ सय २ हेक्टर जमिनमा धान खेती गरिने बताएको छ । अघिल्लो बर्ष प्रति हेक्टर ४.२ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष बढ्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठले बताउनुभयो । धानले पर्याप्त पानी पाएका कारण उत्पादन राम्रो भएको श्रेष्ठको भनाई छ । “एकातिर सिक्टा सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र बढ्दै गएको छ भने अर्कोतर्फ यस बर्ष धान रोप्ने बेला र पसाउने बेला पनि राम्रो पानी परेकाले धान बाली सप्रिएको छ,” श्रेष्ठले भन्नुभयो । 

जानकी गाउँपालिका वडा नम्बर ५ गुरुवा गाउँका किसान राम बोहरी कुर्मीले धान राम्रो फलेपछि निकै खुसी लागेको बताउनुभयो । “मेहनत अनुसारको प्रतिफल देखिएको छ, यसपटक मौसमले पनि साथ दिएको छ,” कुर्मीले भन्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button