तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा-काठमाडौँ सडक तीन दिन बन्द हुने

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी मकवानपुर कार्यालयले हेटौँडा-काठमाडौँ सडकखण्ड तीन दिनका लागि बन्द हुने जानकारी दिएको छ।

मिति २०८१ कार्तिक २ गते बिहान ९ बजेदेखि हेटौँडा-भैँसे-भिमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा हेम पाइप राख्ने कार्यका कारण यातायात अवरुद्ध हुने भएको भन्दै प्रहरीले सो जानकारी गराएको हो ।

यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। प्रहरीले त्रिभुवन लोकपथ अन्तर्गत पालुङ-कुन्छाल-चित्लाङ-चन्द्रागिरि हुँदै काठमाडौँ जाने मार्ग वा कान्तिराजपथको प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button