तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री लामिछानेद्वारा  बाँकेको नौवस्ता कारागार भवनको उद्घाटन

बाँके । उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले बिहीबार बाँकेको  बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागार भवनको उद्घाटन गर्नुभएको छ ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार भवन निर्माण भएपनि प्रयोगमा आउन सकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

नेपालगन्जमा कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि सञ्चालन गरिने तयारी कारागार व्यवस्थापन विभागको रहेको छ ।

९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदी बन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।

कारागार उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थी लगायतले बोलेका थिए । बाँकेका सुरक्षा निकायका प्रमुख, तथा प्रतिनिधि, कारागार कार्यालयका अधिकारीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button