तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा  शुभकामना व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अन्तर्राष्ट्रिय श्रमिक (विश्व मजदुर) दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री सोडारीले आज शुभकामना सन्देश दिनुहुँदै सम्पूर्ण श्रमिकहरूको हकहित संरक्षणका निम्ति सङ्गठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस् भन्नुभएको छ ।

मुख्यमन्त्री सोडारीले नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । मुख्यमन्त्री सोडारीले श्रमजीवी वर्गको हक अधिकार कार्यान्वयन गर्न श्रमिक ऐन, सामाजिक सुरक्षा ऐन लगायतका विभिन्न ऐन नियम कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न सुदूरपश्चिम प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button