तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा ११ हजार ७ सय ७१ बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

बागलुङ । बागलुङ जिल्ला भरि यही जेठ १३ गतेदेखि पोलियो रोग विरुद्धको आईपीभी (ईनएक्टिभेटेड पोलियो भाइरस) खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय बागलुङद्वारा पोलियो रोग रोकथामको लागि आई।पी।भी खोप अभियान तयारी तीव्र पारिएको हो ।

बालबालिकालाई पोलियो रोग लाग्नबाट बचाउनको लागि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।

सोमबार भएको जिल्ला खोप समन्वय समिति एवं सरोकारवाला र सचारकर्मीहरुको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङले यही जेठ १३ गतेदेखि २६ गतेसम्म खोप सञ्चालन गर्ने बताएको छन् ।

जिल्लामा ३३९ खोप केन्द्र सञ्चालन गरिनेछ । खोप केन्द्रमा ३३९ जना स्वास्थ्यकर्मी र ६८९ जना स्वयंसेवक खटिने कार्यालय प्रमुख आचार्यले बताउनु भएको छ ।

६ देखि १० बर्षसम्मका दश स्थानीय तहमा बागलुङ नगरपालिकामा २ हजार ७ सय ४१ जना, ढोरपाटन नगरपालिकामा १ हजार ८ सय ८० जना, गलकोट नगरपालिकामा १ हजार ३ सय १९ जना, जैमिनी नगरपालिकामा ८ सय ७३ जना, काठेखोला गाउँपालिकामा ६ सय ६९ जना, ताराखोला गाउँपालिकामा ३ सय २९ जना, तमानखोला गाउँपालिकामा ४ सय ९१ जना, निसीखोला गाउँपालिकामा १ हजार ३ सय २५ जना, बडिगाड गाउँपालिकामा १ हजार ६ सय ७५ जना, बरेङ गाउँपालिकामा ४ सय ७९ जना गरी जम्मा ११ हजार ७ सय ७१ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताउनु भएको थियो । खोप अभावका कारण वि।स २०७३ वैशाख देखि वि।स २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका दश वटै स्थानीय तहमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइनेछ । सुगम देखि दूर दराज सम्मका बालबालिकालाई नछुटाई खोप लगाउनु पर्नेमा जोड दिए ।

बागलुङको पश्चिम क्षेत्रका बालबालिका माथिल्लो क्षेत्रमा बस्ने हुँदा उनीहरुलाई जसरी पनि समेट्नु पर्ने उनले बताउनु भएको थियो । धेरै जसो बालबालिका विद्यालयमा भेटिने हुँदा त्यसलाई बढी प्राथमिकता दिनु पर्ने भन्दै विद्यालय बाहिर रहेकाहरूलाई पनि खोपको पहुँचमा ल्याउनु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button