तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरको फालेलुङमा चौँरी महोत्सव हुने

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा चैत ३० गतेदेखि तीनसम्म सातौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ । 

नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव भारतसँग सीमाना जोडिएको फालेलुङ गाउँपालिकाको चाररातेमा सातौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको हो । 

फालेलुङ गाउँपालिका अध्यक्ष विर विक्रम थाम्सुहाङले विश्वमै लोपोन्मुख चौँरी संस्कृतिको जगेर्ना गर्ने, उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्ने, विश्वमै लोपोन्मुख रेडपाण्डा र जैविक विविधताको संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । 

महोत्सवमा चौँरी र चौँरीजन्य उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, लोक दोहोरी प्रतियोगिता, साहसिक फुटबल प्रतियोगिता लगायतको कार्यक्रम हुने आयोजकले जनाएको छ । 

फालेलुङ गाउँपालिको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । 

महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव ,साँस्कृतिक कार्यक्रम लगायतको आकर्षण रहने आयोजकले जनाएको  छ । 

महोत्सवका लागि आवश्यक तयारी अगाडी बढाइएको आयोजक फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था र  दिपज्योती युवा क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button