तपाईँ सुन्दै हुनुहुन्छः

पानी परेसँगै किसानहरूमा आस 

पाँचथर । पाँचथरका उच्च पहाडी भेगमा हिउँ  र पानी परेसँगै किसानहरूमा आस पलाएको छ ।

यसवर्ष  हिउँद भरि पानी नपर्दा किसानहरू चिन्तित भएका थिए । नयाँ खेती लगाउने काम हुन सकेको थिएन ।  बुधबार बिहान बाट जिल्लाका उच्च भेगमा हिउँ र अन्य ठाउँमा सामान्य पानी पर्दा किसान खुसि भएका हुन । 

पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङका किसानहरू अझै ठुलो पानीको  आसमा छन् । गाउँमा प्रमुख नगदे बाली अलैँची सुकेको थियो भने किसानले  मकै लगाउन पाएका थिएनन् । “अलैँचीको टुसा पलाउने र फूल लाग्ने बेला भएकोले  आजको पानीले एकदमै फाइदा पुगेको“ याङवरक ओयामका कृषक विर्ख योङ्याले बताउनु भयो । 

मकै, अदुवा, तरकारी, चैतेधान र लेकाली क्षेत्रमा आलु रोप्न पनि अझै पानीको आवश्यक छ । “बारीमा आलु, मकै लगाएको उम्रिन सकेको छैन आज पानी सिमसिम मात्रै पर्याे अझै ठुलो एक दुई झर  परे हुन्थ्यो “ फालेलुङ ६ सिदिनका कृषक डम्बर राईले भन्नुभयो । राई जस्तै अधिकांश किसान पानीको पर्खाइमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button