तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणबाट सैनिक हवल्दार सहित प्युठ घाइते 

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्ने क्रममा जङ्गली जनावर भालुले आक्रमण गर्दा घाइते भएका छन् । रत्ननगरपालिका वडा नम्बर ६ स्थित नेपाली सेनाका हवल्दार बर्ष ४० का लक्ष्मण थापा घाइते भएका हुन् । गस्ती टोलीले भालुलाई गोली हानेर थापालाई बचाउन खोज्दा उनीसंँगै गस्ती गरेका सोही गणका बर्ष २३का प्युठ कुन्दन सिंह समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते दुवैको उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा थप उपचारका लागि छाउनी अस्पताल काठमाडौँ  रिफर गरिएको कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button