तपाईँ सुन्दै हुनुहुन्छः

२५ किलो चरेससहित ५ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजी ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ पक्राउ गरेको छ ।

रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले कृष्णनगर बजार क्षेत्रमा ती व्यक्तिहरूलाई चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा खनियाबास ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ वर्षीय साङ जोङ तामाङको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० वर्षीय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पूर्वका ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटी बनाई बाँधी लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध  बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button