तपाईँ सुन्दै हुनुहुन्छः

मगर एकता दिवस, अधिकांश स्थानीय तहमा सार्वजनिक बिदा

पाल्पा । पाल्पाका अधिकांश स्थानीय सरकारले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । दिवसको अवसरमा फागुन १५ गते एक दिन सार्वजनिक बिदा दिइएको हो ।

जिल्लाको सदरमुकाम रहेको तानसेन नगरपालिका र रामपुर नगरपालिकाले सूचना जारी गर्दै बिदाको घोषणा गरेका छन् । पाल्पा जिल्ला मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

यस्तै जिल्लाका बगनासकाली, निस्दी, माथागढी र पूर्वखोला गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरिसकेका छन् । यस दिन स्थानीय सरकार मातहतमा रहेका शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा हुने भएको हो ।

दिवसको अवसर पारि नेपाल मगर सङ्घले जिल्लाका स्थानीय तहका विभिन्न स्थानमा मगरी परम्परा झल्किने कार्यक्रम समेत राखेको नेपाल मगर संघका लुम्बिनी प्रदेश सचिव तेजबहादुर घर्तीमगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button