तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा परी इन्जिनियरको मृत्यु

सुर्खेत । पूर्वी सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा परी इन्जिनियरको घटना स्थलमै मृत्यु भएको छ ।

सुर्खेतदेखि जाजरकोटतर्फ जाँदै गरेको बा ९५ प– ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे १ त– ४५ नम्बरको ट्याक्टर हिजो साँझ सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किँदा वीरेन्द्रनगर नपा–३ का २९ वर्षीया इन्जिनियर विजय रानाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

मृतक राना नेपाल इन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३वर्षीय रुपेश गिरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार गिरीको उपचारका अहिले सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँमा भइरहेको छ ।

ट्याक्टर र चालक बर्दिया बासगढी–३, का २३ वर्षीय राजेश थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button