तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि बाह्रबिसे नगरपालिका वडा न ७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

 बाह्रबिसेतर्फबाट जाँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेरो जीप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीका अनुसार चालक बिक्रम थापासहित बाह्रबिसे–७ कै गोपाल थापा, खड्गकुमारी श्रेष्ठ, पुष्कर थापा गरि ४ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button