तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ, प्रदेश सभा–१ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौँ । बझाङ प्रदेश सभा–१ म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । प्रदेश सभा–१ मा भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा करिब ५० प्रतिशत मतदान भएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

६१ हजार सात सय ४८ मतदाता रहेको जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो ।

बझाङ, प्रदेश सभा–१ मा काँग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button