तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङका कारण गोरखा अस्पतालको ल्याबमा क्षति

गोरखा । वुधवार दिउँसो एक्कासी परेको चट्याङले गोरखा अस्पतालको ल्याब शाखामा क्षति पुर्‍याएको अस्पतालले जनाएको छ । 

अस्पतालको ल्याब शाखामा रहेका मेसिनहरूमा क्षति पुगेको अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले जानकारी दिनुभयो ।  क्षतिका कारण ल्याब शाखाबाट प्रदान हुदैं आएको सेवाहरू बन्द भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठको भनाई छ ।

युरिया, एमिलेज, क्रिएटिनिन्, एलएफटी, सुगर, लिपिड प्रोफाइल, लायपेज, युरिकएसिड, क्याल्सियम र एलडिएच टेस्ट रोकिएको छ । श्रेष्ठका अनुसार क्षति पुगेका मेसिनको मर्मत भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button