तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत लिन नेपाली कांग्रेसको अवरोध

बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका प्रतिपक्षी दलको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठक सुरु गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव रहेको र उहाँलाई बैंठकमा सम्बोधन गर्न सहज वातावरण बनाउनका लागि सघाउन आग्रह गर्नुभए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button