तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ : शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मतपेटिका सङ्कलन गरिँदै

इलाम । इलाम २ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । अहिले मत पेटिका सङ्कलन गरी गणना स्थलमा ल्याउन थालिएको छ ।

इलाम सदरमुकाम स्थित गौतम बुद्ध सभा गृहमा मत गणना गर्ने तयारी गरिएको छ । नजिकैको दुरीमा रहेका मतदान स्थलका मतपेटिका गणना स्थलमा ल्याई सकिएको छ । राती १० बजेसम्म सबै मतपेटिका गणना स्थलमा ल्याइसक्ने जनाइएको छ ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यस क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन् ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाम २ का छ पालिकाका ४२ वडामा मतदान भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button