तपाईँ सुन्दै हुनुहुन्छः

मटिहानी अग्निपीडितलाई ठोस राहत प्याकेज दिइने : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मटिहानी नगरपालिका–६ स्थित आगलागी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेर जानकारी लिनुभएको छ ।

पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नुहुँदै जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तात्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको बताउनुभयो ।

वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको भीषण आगलागीमा एक सय ३ घर जलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button