तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी अस्पतालमा संरचना अभावले सेवा प्रवाहमा समस्या

गुल्मी । गुल्मी अस्पतालमा संरचना अभावले सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

गुल्मी अस्पतालमा रहेका भवनहरू साना र सेवाग्राहीमैत्री नहुँदा समस्या हुँदै आएको हो । गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम निकै सुस्त गतिमा हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

 ०७८ साल असार १८ गते सम्झौता भई काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको थियो । तर सम्झौता अवधिमा भवन निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः २०८० पुस १७ गतेसम्मका लागि थप म्याद थपिएको थियो । तर थपेको म्यादमा पनि भवन निर्माण कार्यसम्पन्न हुन सकेको छैन ।

भवनको वैशाख पहिलो सातासम्म ६५ प्रतिशत भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले बताउनुभयो । उहाँले अबको केही महिनामा भवन निर्माणको काम सम्पन्न गर्ने गरि जनशक्ति थप गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button