तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका १२ पालिकामध्ये सबैभन्दा कम बेरुजु धरान उपमहानगरपालिकामा

सुनसरी । सुनसरीका १२ स्थानीय तहमध्ये धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार सुनसरीका १२ पालिकामध्ये सबैभन्दा कम बेरुजु हुनेमा धरान उपमहानगरपालिका पहिलो र बराहक्षेत्र नगरपालिका दोस्रो देखिएको हो ।

सबैभन्दा बढी बेरुजु दुहबी नगरपालिकाको देखिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा कम धरान उपमहानगरपालिकाको बेरुजु ०.७६ प्रतिशत मात्रै रहँदा दुहबी नगरपालिकाको सबैभन्दा बढी ७.११ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै बेरुजु कम हुने दोस्रो स्थानमा बराहक्षेत्र नगरपालिका परेको छ ।

बराहक्षेत्रको बेरुजु १ .५१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

बर्जू गाउँपालिकाको ५.७४ प्रतिशत, गढी गाउँपालिकाको ४.७६ प्रतिशत, इटहरी उपमहानगरपालिकाको ४.६८ प्रतिशत र देवानगंज गाउँपालिकाको ४.२० प्रतिशत कोशी गाउँपालिकाको ४.००७ प्रतिशत हरिनगर गाउँपालिकाको ३.८८ प्रतिशत रामधुनी नगरपालिकाको ३.२८ प्रतिशत भोक्राहा नरसिंह गाउँपालिकाको २.३३ प्रतिशत इनरुवा नगरपालिकाको २.०३ प्रतिशत बेरुजु रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । आर्थिक सुशासनमा जोड दिएको खण्डमा आगामी दिनमा बेरुजु कम हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button