तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किन रोगबाट पशु क्षति भएका किसानलाई १ करोड बराबर राहत वितरण 

इलाम  । इलामको सूर्योदय नगरपालिकाले लम्पी स्किन रोगबाट पशु क्षति भएका किसानलाई १ करोड बराबर राहत वितरण गरेको छ । 

गत बर्ष नगरमा व्यापक रूपमा फैलिएको लम्पी स्किन भाइरसबाट इलाम जिल्ला सँगै सूर्योदय नगरका किसान नराम्ररी प्रभावित भएका थिए । किसानको दैनिकी नै बिग्रिएको थियो  । त्यसबेला पनि लम्पी स्किन बाट ग्रसित गाई बस्नुको लागि   निःशुल्क उपचार र प्राविधिक  निःशुल्क उपलब्ध गराएको नगरले उपचारको बिच पनि मृत्यु भएका पशु धनिलाई क्षतिको आधारमा राहत वितरण गरेको हो ।

 नगरले करिब पाँच सय किसानलाई क्षतिको आधारमा राहत वितरण गरेर  किसानको घाउमा मलम पट्टी गर्ने प्रयास गरेको नगरप्रमुख रणबहादुर राईले बताउनु भएको छ ।

नगर प्रमुख राईका अनुसार ५४० पशु मरेका ४९३ किसानलाई राहत वितरण गरेको हो   ।

माउ गाई मरेको किसानलाई २० हजार कोरली बाछी मरेको किसानलाई १० हजार र गोरु , बर मरेको किसानलाई ५ हजारका दरले नगद उपलब्ध गराएको नगरप्रमुख राईले बताउनु भयो । नगरले नगरक्षेत्रका किसानले पालेका पशुलाई निःशुल्क रूपमा खोप पनि उपलब्ध गराइएको छ । सूर्योदय नगरपालिकामा ४ सय ९३ किसानको ३६३ माउ गाई १५१ कोरली गाई र २६ वटा गोरु मरेको थियो नगर उपप्रमुख दुर्गा बरालले जानकारी दिनु भयो ।

 यसरी क्षतिको केही भए पनि राहत पाए पछि किसानले भने निक्कै ठूलो राहत महशुस गरेका छन् ।

सूर्योदय नगरपालिकामा अधिकांश किसान पशु पालनमा निर्भर छन् । नगरले लम्पी स्किन विरुद्धको मात्र नभई खोरेँत विरुद्धको खोप पनि निःशुल्क रूपमै लगाउँदै आएको नगर प्रमुख । राईले बताउनु भयो । नगरलाई खोरेँत मुक्त बनाउन नगरले अभियान नै चलाइरहेको नगरले गाईलाई उन्नत  सेक्स्ड सिमेनु मार्फत गर्भधारण गराउने लगायत अरू किसानमुखी काम पनि गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button