तपाईँ सुन्दै हुनुहुन्छः

हुरी बतासका कारण ४० घरमा क्षति

बाजुरा । बाजुरामा हुरी बतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साँढे एक बजे आसपासमा आएको हुरी बतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरी बतासले उडाएपछि बस्न योग्य नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताउनुभयो ।

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरी बतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्न समस्या भएको पीडित तिलक विकले जानकारी दिनुभयो । आधा घण्टा बढी समय चलेको हुरी बतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button