तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला नाट्य कला परिषद्द्वारा “जोगाड” नाटकको बेजोड प्रदर्शन 

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न भएको जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा जनकपुरधामका चर्चित नाट्य संस्था मिथिला नाट्य कला परिषद्को “जोगाड” नामक नाटक दर्शकले मन पराएका छन् ।  

मैथिली रङ्गमञ्चमा आफ्नो छुट्टै स्थान बनाएका मिनापका कलाकारहरूको अभिनय निक्कै सशक्त रहेका थिए । जनकपुरधामका साहित्यकार रोशन जनकपुरीले लेखन तथा मिनापका वरिष्ठ कलाकार सुनिल मिश्रको निर्देशनमा भएको उक्त नाटक अहिलेको राजनीतिक तथा प्रशासनिक विकृतिलाई सशक्त रुपमा नाटक मार्फत उजागर गर्ने काम भएका थिए । 

मिथिला नाट्य कला परिषद्का चर्चित कलाकारहरूले अभिनय गरेको सो नाटकले राजनीति तथा प्रहरीमा भएको विकृति एवं विसङ्गतिका विषयमा प्रकाश पार्ने काम भएका थिए । यसका साथै युवाहरूमा रहेको बेरोजगारीका कारणले रोजगारी पाउने प्रहरीको आश्वासनमा सहिदको शालिक बन्न विवश रहेको देखाइएको थियो । 

अत्यधिक चिसोका कारणले जागिरको लोभमा सहिदको शालिक बनेका गाउँका साधारण युवाको अत्यधिक चिसोले ज्यान दिनका गएको मार्मिक अवस्था नाटक मार्फत प्रदर्शन गर्ने काम मिथिला नाट्य कला परिषद्का कलाकारहरूले गरेका थिए ।  

नाटकमा मिथिला नाट्य कला परिषद्का कलाकारहरू मदन ठाकुर, विष्णुकान्त झा, राजेश शक्सेना, ज्योति झा, आलोक मिश्र, सुरेन्द्र राय, मुकेश झा, सन्नी राउत सहितका कलाकारहरूले जीवन्त अभिनय गरेका थिए । मिथिला नाट्यकला परिषद्को नाटक हेर्नका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहल दर्शकले खचाखच रुपमा भरेका थिए ।

नाटकमा पाश्र्व गायनको भूमिका सङ्गीता देव र ललित कामतले गरेका थिए भने वाद्यवादन रामनारायण ठाकुरले गर्नु भएका थिए । नाटकको शुरुआत सुखद, मध्यमा गम्भीर तथा अन्त्यमा शोक सहित दुःखान्त रुपमा समापन भएका थिए । नाटकमा सहभागी भएका सबै कलाकारहरूलाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले प्रमाणपत्र मायाको चिनो उपहार प्रदान गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button