तपाईँ सुन्दै हुनुहुन्छः

वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जलेर नष्ट

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् ।

लेखपोखराको दियारगाउँ स्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँका ५ घर र ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वनमा लागेको डढेलो गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरु पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

उहाँका अनुसार छत्रेश्वरी ५ दियारगाउँका थल बहादुर घर्तीको घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् ।
लामो समयसम्मको खडेरीका कारण जिल्लाका अधिकांस वनमा आगलागी भएको छ । स्थानीय, उपभोक्ता, वन कार्मचारी, सेना प्रहरी परिचालन गरेर वनमा लागेको लागेको आगलागी नियन्त्रण गर्ने प्रयास गरे पनि हावा हुरी, र लामो समयको खडेरीका कारण नियन्त्रणमा समस्या भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button