तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेस अब चुनाव एक्लै लड्नु पर्छ :  नेता कोइराला

दाङ । नेपाली काङ्ग्रेसका नेता शशाङ्क कोइरालाले निर्वाचनमा काङ्ग्रेस गठबन्धन विना चुनाव लड्नु पर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएको हो । नेता कोइरालाले चुनाव काङ्ग्रेस एक्लै लडेर सरकार बनाउने वेलामात्र गठबन्धन बनाउनु पर्ने बताउनु भयो । 

एक फरक विषयमा बोल्दै  नेता कोइरालाले सरकारमा  काँग्रेसबाट सहभागी भएका मन्त्रीहरूले पार्टीको निर्देशन मान्न छोडेको बताउनु भयो । कोइरालाले भन्नू भयो मन्त्रीहरू आफ्नो भिजन र पार्टीको निर्देशन  विना अगाडि बढ्दा विकासले लिनु पर्ने गति लिएको पाईदैन् ।

समुदायमा काङ्ग्रेस कार्यक्रममा सल्यान जान लाग्नु भएका नेता कोइरालाले अब काङ्ग्रेसको विधान अनुसार सभापतिमा सम्पुर्ण अधिकार केन्द्रित लाई अब विभाजन गरि सङ्घीय मर्मअनुसार ७ प्रदेशका सभापतिलाई दिने व्यवस्था बनाउन जरुरी रहेको बताउनु भयो । 

देश सङ्घीयतामा भए पनि काङ्ग्रेस पार्टीको अधिकार केन्द्रीय सभापतिमा हुनु सङ्घीयताको कार्यान्वयनमा प्रश्न चिन्ह उठ्नु स्वभाविक रहेको बताउनु भयो । राजनीतिमा जहिले पनि भिजन बनाएर अगाडि बढाउने या स्थान छोड्नु  पर्ने नेता कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button