तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन अघिको गठबन्धनले व्यापक असन्तुष्टि : महामन्त्री थापा

नवलपरासी,पश्चिम् । नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन अघि गरिएको गठबन्धनबाट आम कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको बताउनु भएको छ ।गठबन्धन सरकार जुन रुपमा उत्साहपूर्वक गठन भएको थियो सोही अनुरुप उल्लेखित नतिजा आउन समेत नसकेको थापाले बताउनु भयो ।जनताले त्यसको डेलिभरी पाउन नसकेको उहाँको भनाई थियो ।

मेची महाकाली संवाद यात्राका क्रममा आज पश्चिम् नवलपरासी आईपुग्नु भएका महामन्त्री थापाले निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँ हरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाइएको उल्लेख गर्नु भयो ।”निर्वाचन अगाडी गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने छ।हामीले पार्टीको नीति मार्फत नै यो बदल्नु जरुरी छ”थापाले भन्नू भयो ।

संवाद यात्राका क्रममा आम नागरिकहरूले थुप्रै समस्या उठान गरेकोमा मुलत भौतिक पूर्वाधार सँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताउनु भयो ।

यात्राका क्रममा आयोजना सुरु भएर १०/१२ बर्ष सम्म पनि पूर्णता नपाउँदा त्यसले पुर्याएको क्षति,स्वास्थ्य सस्थाहरु नचलेका विषयहरू,कृषि क्षेत्र का समस्या,सहकारी,लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएका लगायतका आम नागरिकका समस्या हरू रहेको पाइएको महामन्त्री थापाले बताउनु भयो ।

जुन उद्देश्यले हुलाकी राजमार्ग निर्माण भएकाछन त्यसले नागरिकको जीवनशैली र कृषि क्षेत्रमा खासै परिवर्तन आउन नसकेको महामन्त्री थापाको भनाई थियो ।”हामीले अब अनुत्पादक क्षेत्रमा गर्ने लगानी बन्द गर्नु पर्छ।कृषिका ठुला कुरा गर्‍यौ अब सिचाई पूर्वाधार तयार गरि कृषिलाई कसरी ह्वात्तै माथि ल्याउन सकिन्छ भन्नेमा जोड दिनु पर्छ”थापाको धारणा थियो।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री केशव कुमार बुढाथोकीको असमाहिक निधन भएपछि संवाद यात्रा अन्तर्गतको बाकी यात्रालाई निरन्तरता दिने गरि अहिलेलाई स्थगन गरिएको जानकारी गराइएको छ ।अहिलेलाई पार्टीका सबै कार्यक्रमहरू स्थगित भएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button